मंगलबार, साउन १९, २०८३

कुलमान र हितेन्द्रको मुद्दा हेर्दाहेर्दैमा 

 |  मंगलबार, चैत १९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १९, २०८१

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका निवर्तमान र नवनियुक्त कार्यकारी निर्देशकको मुद्दाको सुनुवाइ आज नसकिएपछि हेर्दाहेर्दैमा परेको छ। 

यही चैत १५ मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको मुद्दामा अन्तरिम आदेशका लागि दुवै पक्षलाई डाक्ने आदेश भएको थियो। 

आज न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा परेको मुद्दामा सुनुवाइ लम्बिएपछि अन्य ३० मुद्दा हेर्न नभ्याइनेमा परेका थिए। आज सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। अब अन्तरिम आदेश हुने वा नहुने आदेश न्यायाधीशद्वय चुडाल र पाण्डेको इजलासले नै गर्नेछ।

सरकारले १२ गतेको मन्त्रिपरिषद्को निर्णयबाट कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो। त्यसका विरुद्ध कुलमानले १४ गते रिट दायर गरी आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, आफूलाई दिएको अवकाशको पत्र र हितेन्द्रदेवको नियुक्तिसम्बन्धी निर्णय र पत्र बदरसहित तत्काललाई अन्तरिम आदेश माग गरेका छन्। 

त्यही दिन कार्यकारी निर्देशक नियुक्त भएका हितेन्द्रदेवले पनि आफूलाई गैरकानुनी रूपमा हटाएर विगतमा कुलमानले लिएको नियुक्ति अवैधानिक भएकाले आफ्नो पुनर्नियुक्तका विषयमा कानुनी प्रश्न उठाउने अधिकार उनलाई नभएको भन्दै रिट दायर गरेका थिए। 

२०६८ साल साउनमा हितेन्द्रलाई हटाएर कुलमानलाई नियुक्ति दिएको विरुद्ध आफ्नो रिट अदालतमै रहेको भन्दै कुलमानलाई पुनः आफ्नो नियुक्तिमा प्रश्न उठाउने अधिकार नरहेको दाबी उनको छ।
 

प्रकाशित: Apr 01, 2025| 17:29 मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्