बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

 |  मंगलबार, चैत १९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १९, २०८१

पर्सा- वीरगञ्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ। 

National life

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आगामी पाँच वर्षका लागि सुक्खाबन्दरगाह सञ्चालन र व्यवस्थापनका लागि प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि चार अर्ब ७१ करोड रूपैयाँ लागतमा छनोट भएको जानकारी दिए।

समितिका अनुसार सुक्खाबन्दरगाहको व्यवस्थापन र सञ्चालनका लागि आह्वान गरेको बोलपत्रको प्राविधिक मूल्यांकनमा कन्टेनर कर्पाेरेसन अफ इन्डिया लिमिटेड र प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि छनोट भएका थिए।

कन्टेनर कर्पाेरेसन अफ इन्डिया प्रालिले भने चार अर्ब ५१ करोड रूपैयाँ रकमको बोलकबोल गरेको थियो। समितिका अनुसार छनोट भएको कम्पनीसँग ठेक्का सम्झौता भएपछि आगामी साउनदेखि पाँच वर्षसम्म सुक्खाबन्दरगाहको व्यवस्थापन र सञ्चालनको काम गर्न पाउनेछ। यसअघि पनि सोही कम्पनीले तीन अर्ब ३३ करोड रूपैयाँ लागतमा पाँच वर्षका लागि सुक्खाबन्दरगाह व्यवस्थापन र सञ्चालनको ठेक्का प्राप्त गरेको थियो। 

वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह ५७ बिघा क्षेत्रफलमा अवस्थित छ। यस बन्दरगाहमा कार्गाे रेलबाट मात्रै मालसमान ल्याउने गरिन्छ। यो सन् २००० मा विश्व बैंकको ऋण सहयोगमा ८२ करोड रूपैयाँ लागतमा निर्माण गरिएको हो।

Laxmi sunrise bank
kumari

भारत सरकारको २० करोड रूपैयाँ लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिंक निर्माण गरिएको छ।

वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा भने ३२ अर्ब ३२ करोड रूपैयाँ राजस्व संकलन गरेको छ। गत आवमा भने सो कार्यालयले ४७ अर्ब ३१ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो। रासस

प्रकाशित: Apr 01, 2025| 18:31 मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्