मंगलबार, साउन १९, २०८३

सांसद बोहराको शव भैरहवा लगिँदै, अन्त्येष्टि पशुपतिमा हुने

 |  मंगलबार, चैत १९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १९, २०८१

काठमाडौं- सांसद दीपक बोहराको शव सेनाको हेलिकप्टरबाट भैरहवा लगिने भएको छ। श्रद्धाञ्जलीका लागि आज दिनभर उनको शव रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने भएको छ।

भोलि (बुधबार) बिहान फेरि उनको शव काठमाडौं ल्याएर राप्रपाको केन्द्रीय कार्यालयमा राखिनेछ। दिनभरि पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेपछि भोलि नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।

राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारका क्रममा आज काठमाडौंको ओम अस्पतालमा निधन भएको हो। बोहरा रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन्।

पोस्ट कोभिड समस्याले गर्दा उनी बोल्न नसक्ने अवस्थामा थिए। समस्या थपिएपछि उनी दिल्ली र न्यूयोर्क पनि पुगेका थिए।

प्रकाशित: Apr 01, 2025| 12:59 मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्