मंगलबार, साउन १९, २०८३

बधाई पाए नारदले, नेप्सेको सीईओ बने चुडामणि

 |  मंगलबार, चैत १९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १९, २०८१

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीईओमा चुडामणि चापागाईं नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईंलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

सीईओका छनोटमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका थिए।

यसअघि चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नारदकुमार लुइँटेललाई नेप्सेको सीईओ बनाउने निर्णय गरेको थियो। तर, उनीविरुद्ध उजुरी र विरोध भएपछि सरकारले चापागाईलाई नियुक्त गरेको हो।

नेप्सेको सीईओ छान्न अर्थ मन्त्रालयले छनोट समिति गठन गरेको थियो। सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रूपमा खोमराज खरेल सदस्य छन्।

 

प्रकाशित: Apr 01, 2025| 12:47 मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्