बुधबार, पुस ९, २०८२

अध्यादेश पारित भएसँगै सकियो संसद् अधिवेशन

 |  मंगलबार, चैत १९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १९, २०८१

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन्। मंगलबार राति १२ बजेबाट लागू हुने गरी राष्ट्रपति पौडेलले अधिवेशन अन्त्य गरेका हुन्।  

National life

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

सोमबारमात्रै पाँचवटा प्रतिस्थापन विधेयक राष्ट्रिय सभाबाट पारित भएर अध्यादेश निष्क्रिय हुने संकटबाट सरकार जोगिएको थियो।

प्रधानमन्त्री केपी ओलीले सोमबार संसदका दुवै सदनमा विद्युत प्राधिकरणका तत्कालिन प्रबन्ध निर्देशक कुलमान घिसिङ बर्खास्तीबारे जवाफ दिएसँगै विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित भएका हुन्।

केही दिनदेखि अवरुद्ध संसद् सोमबार खुलेको हो। यी विधेयक प्रतिनिधि सभामा सन्देशसहित टेबुल भएपछि सभामुख देवराज घिमिरेले आजै प्रमाणीकरण गरी राष्ट्रपति कार्यालय पठाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै यी ऐनको रूपमा लागू हुनेछन्।

Laxmi sunrise bank
kumari

६० दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक पारित भई प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। सोमबार बसेको राष्ट्रिय सभा बैठकले ‘सुशासन प्रवद्र्बन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक पारित गरेको हो।  

त्यस्तै, ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ समेत पारित भएका छन्।

प्रकाशित: Apr 01, 2025| 12:11 मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्