मंगलबार, साउन १९, २०८३

सांसद निलम्बन फुकुवा गर्न सभामुखसँग रविको माग

 |  मंगलबार, चैत १९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १९, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन्।

मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले यस्तो माग गरेका हुन्। यसअघि गत माघ १८ गते पनि सभामुखलाई भेटेर लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए।

अहिले पुनः सभामुखलाई भेटेर लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन्। लामिछाने सांसद पदबाट गत पुस ८ गते निलम्बनमा परेका थिए।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि उनको सांसद पद निलम्बन भएको थियो।

प्रकाशित: Apr 01, 2025| 11:04 मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्