मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रविको निलम्बन फुकुवा माग राखेर सभामुखसँग भेट गर्दै रास्वपाका सांसदहरू

रविको निलम्बन फुकुवा माग राखेर सभामुखसँग भेट गर्दै रास्वपाका सांसदहरू

 |  मंगलबार, चैत १९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १९, २०८१

काठमाडौं- सभापति रवि लामिछानेको निलम्बन फुकुवाको लागि रास्वपाका सांसदले आज सभामुख देवराज घिमिरेलाई भेट्दैछन्। 

आज बिहान १० बजे लामिछानेसहित रास्वपा सांसदहरू सभामुखलाई भेट्न सिंहदरबार स्थित कार्यालय जाने भएका हुन्। आज हुन लागेको सभामुखसँगको छलफलमा प्रतिनिधिसभामा सहभागी हुनेबारे कुराकानी हुने बताइएको छ। 

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि निलम्बनमा परेको थियो।

संघीय संसद सचिवालयले पुस ८ गते सूचना निकालेर लामिछानेको पद निलम्बनमा परेको उल्लेख गरेको थियो।

प्रकाशित: Apr 01, 2025| 09:21 मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्