मंगलबार, साउन १९, २०८३

सुनसरीको वसन्तपुरस्थित बङाली टोलाका २९ घर जले

 |  मंगलबार, चैत १९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १९, २०८१

इनरुवा- सुनसरीको हरिनगर गाउँपालिका–५ वसन्तपुरस्थित बङाली टोला २९ घर जलेका छन्। विद्युत् सर्ट भई आगलागी हुँदा १२ परिवारका २९ वटा घर पूर्ण रूपले जलेर नष्ट भएको प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए। 

आगलागीमा स्थानीय सिकन्दर अली, जुबेर अली, सब्बिर अली, अबुहेलाल अली, इम्ताज आलम, अशफाक अली, इमशाक अली, प्रवेज अली, इर्फान मियाँ, फैयाज आलम र कैशर अलीको घर पूर्ण रुपमा जलेर नष्ट भएको स्थानीय नइम अन्सारीले जानकारी दिए।

यसैगरी नजाम मियाँ र नौशाद मियाँको घरमा आंशिक रूपमा क्षति भएको छ। यहाँ अधिकांश फुस र टिनले छाएका घर रहेका थिए। 

आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ता कपडा, फर्निचरका सामग्री, गरगहना जलेका प्रहरी उपरीक्षक तिम्सिनाले बताए।

यसैबीच अग्निपीडित परिवारलाई अत्यावश्यक खाद्यान्न र त्रिपाललगायत सामग्री वितरण गरिएको हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले जानकारी दिए।

प्रकाशित: Apr 01, 2025| 08:01 मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्