NadaNada
सोमबार, भदौ २, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • गणतन्त्रवादी नेता प्रदर्शनीमार्गमा कुर्लिए, तीनकुनेमा राजावादीले गरे ढुंगामुढा र आगजनी [तस्बिरहरु]

गणतन्त्रवादी नेता प्रदर्शनीमार्गमा कुर्लिए, तीनकुनेमा राजावादीले गरे ढुंगामुढा र आगजनी [तस्बिरहरु]

 |  शुक्रबार, चैत १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

vianetvianet

काठमाडौं- गणतन्त्रवादी र राजावादीले आज एकैदिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन्। गणतन्त्रवादीले विभिन्न ठाउँबाट जुलुस निकालेर प्रदर्शनीमार्गमा सभा गरे भने राजावादीले तीनकुनेमा प्रदर्शन गरे।

प्रदर्शनीमार्गमा शान्तिपूर्ण रुपमा सभा भइरहँदा तीनकुने-बानेश्वर क्षेत्र भने अशान्त बन्यो। प्रदर्शनकारीहरु बानेश्वरतर्फ अघि बढेपछि स्थिति तनावपूर्ण बनेको हो। आजको कार्यक्रमका कमाण्डर दुर्गा प्रसाईं आफैं गाडी चलाएर बानेश्वरतिर अगाडि बढेका थिए। प्रसाईंले प्रहरीको भिडलाई पेलेर गाडी हुइँक्याएका थिए।

तीनकुनेदेखि नै प्रसाईंले गाडी हुइँक्याउँदै आएका थिए। गाडी प्रसाईंले नै चलाएका थिए भने गाडीको पछाडि प्रदर्शनकारीहरू बसेका थिए।

निषेधित घेरा तोडेर बानेश्वरतिर अघि बढ्न खोजेपछि प्रहरीले उनको गाडी रोकेको थियो। गाडी केहीबेर रोकियो तर त्यसपछि प्रहरीलाई पेलेर अघि बढ्यो।

अलि अगाडि फेरि अर्को प्रहरीको घेरा थियो। त्यसलाई पनि प्रसाईंले पेलेर अघि हुइँकेर गएका थिए। प्रदर्शनकारीहरू पनि प्रसाईंसँगै अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास हानेको थियो।

Metro Mart

प्रदर्शनकारीले सात तले घरको सिसा छियाछिया पार्नुका साथै आगजनीसमेत गरेका छन्। साथै एउटा सरकारी गाडी आगजानी गर्नुका साथै केही ट्याक्सी तोडफोड गरेका छन्।

माधव नेपालले भने- यो कास्टिङ मात्रै हो, प्रतिगामीहरू होसियार भए हुन्छ

राजावादीहरूले तीनकुनेमा आफ्नो असली चरित्र देखाएको प्रचण्डको टिप्पणी

Sarkari-gadi-todfod-perishdabnda3-1024x620-1743154986.jpg

tinkune-house-1743153730.jpg

tinkune-1743153324.jpg

53f9222c-7397-43b0-a27e-f568f0919922-1743149166.jpg
 

प्रकाशित: Mar 28, 2025| 15:27 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्