बुधबार, पुस ९, २०८२

राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्रतिपक्ष दलका सांसदको अवरोधका कारण राष्ट्रियसभाको आजको बैठक एक घण्टाका लागि स्थगन भएको छ। बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायतका सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरेपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टाका लागि स्थगन गरेका छन्। 

त्यसअघि सांसद तुलप्रसाद विश्वकर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयका सम्बन्धमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन्। उनले भने, ‘नेपालको संविधानको धारा ७६ को उपधारा १० अनुसार प्रधानमन्त्री र सम्बन्धितमन्त्री संसद्प्रति उत्तरदायी हुने भनिएको छ, त्यसैले उक्त सम्बन्धमा हामीलाई जवाफ चाहिन्छ।’ कुलमानलाई हटाउने विषय सुशासनसँग जोडिएको दाबी गर्दै उहाँले उक्त विषयले नयाँ तरङ्ग सिर्जना गरेको बताए। 
    
उनले अध्यादेशको प्रतिस्थापन विधेयकमा प्रतिपक्षले राखेको संशोधन प्रस्तावको सम्बोधन हुन नसकेको समेत उल्लेख गरे। ‘उपप्रधान तथा अर्थमन्त्रीले अध्यादेशमा भएका कमिकमजोरी र अरु ऐनसँग बाँझिएका विषयमा छलफल गर्ने भने पनि त्यो हुन सकेको छैन’, उनले भने। 

प्रकाशित: Mar 28, 2025| 15:24 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्