NadaNada
सोमबार, भदौ २, २०८२

प्रदर्शनकारीले निजी घरमा आगो लगाए, पाँचवटा ट्याक्सीमा तोडफोड

 |  शुक्रबार, चैत १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

vianetvianet

काठमाडौं- राजतन्त्र समर्थकले काठमाडौंको तीनकुनेमा निजी घरमा आगो लगाएका छन्। प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सभा पनि बिथोलिएको छ।

राजतन्त्र समर्थकको जुलुस तीनकुनेस्थित बागमती पुलमा तैनाथ प्रहरीको घेरा छिचोलेर अघि बढ्न खोज्दा झडप भएको थियो। झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेको छ।

सभा बिथोलिएको विरोधमा प्रदर्शनकारीहरूले सर्वसाधारणका घरमा आगजनी गरेका छन्। आक्रोशित प्रदर्शनकारीले पाँचवटा ट्याक्सीमा समेत तोडफोड गरेका छन्।

प्रकाशित: Mar 28, 2025| 15:02 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्