बुधबार, पुस ९, २०८२

दुई घण्टा बित्दा पनि सुरु भएन संसद् बैठक

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौं- दलहरु र राजावादीको  प्रदर्शनका कारण सांसदहरूलाई संसद् भवन पुग्न अप्ठ्यारो भएको छ। प्रदर्शनका कारण काठमाडौंको सवारी प्रभावित भएको छ।

National life

संघीय संसद्‍ दुवै सभाको बैठक बस्दैछ। बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन।

राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे राखिएको छ। यसले सांसदहरू पनि प्रभावित भएका हुन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको जवाफ मागेका छन्।

प्रधानमन्त्रीको जवाफ नपाएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ। आज बिहान सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। तर, निकास निस्किएको छैन।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Mar 28, 2025| 12:58 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्