बिहीबार, असार ४, २०८३

तीनकुनेमा भेला भएका राजावादी बानेश्वरतिर अघि बढेपछि...

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौंको तीनकुनेमा भेला भएका राजावादी समूह नयाँ बानेश्वरतिर अघि बढेपछि झडप भएको छ।

National life

प्रहरी र राजावादी समूहबीच केहीबेर झडप भएपछि अहिले स्थिति साम्य भएको छ। प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो।

उनीहरूलाई जिल्ला सुरक्षा समितिले उपलब्ध गराएको तीनकुने क्षेत्र फर्काउन प्रहरीले सामान्य बल प्रयोग गरेको थियो। प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका छन्।

प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा ब्यारियर तोड्न खोजेका थिए।

उता गणतन्त्रवादीको प्रदर्शन प्रदर्शनीमार्गमा जारी छ।

Shivam cement

प्रकाशित: Mar 28, 2025| 12:44 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्