बुधबार, पुस ९, २०८२

संसद् खुलाउन सभामुखको पहल

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौं- सभामुख देवराज घिमिरेले मुख्य राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन्।

National life

प्रतिनिधि सभा बैठक बस्नुअघि उनले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्।

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले संसद्‌मा जवाफ नदिएसम्म बैठक चल्न नदिने विपक्षी दलहरूको अडान छ। बुधबार र बिहीबार विपक्षी दलकै अडानका कारण बैठक चल्न सकेन।

आज पनि बिहान ११ बजेलाई बैठक डाकिएको छ। अहिलेसम्म प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिने तय भइसकेको छैन। यस विषयमा संसद्‍मा जवाफ दिनुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्री केपी ओलीको अडान छ।

प्रकाशित: Mar 28, 2025| 11:03 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्