मंगलबार, साउन १९, २०८३

राजाले जस्तो राष्ट्रपतिले कू गर्न सक्दैनन्: देउवा

 |  बिहीबार, चैत १४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १४, २०८१

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनर्स्थापित नहुने बताएका छन्। 

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानव अधिकार विभागले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

सभापति देउवाले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका धेरै नेपालीले लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गरे।

उनले भने, 'कसैले रहर गरेर हुने कुरा छैन। संविधान सभामार्फत सम्पूर्ण नेपाली जनताको इच्छाअनुसार गणतन्त्र आएको हो। यो हट्नेवाला छैन, हट्ने कुरा पनि छैन।'

उनले गणतन्त्रलाई नेपाली जनताले मानिसकेको बताउँदै यही व्यवस्थाका कारण देशमा समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको संविधान बनेको बताए। उनले भने, 'राजाले कू गर्छन् भनेजस्तो हाम्रो राष्ट्रपतिले कू गर्न सक्दैनन्। कुनै हालतमा पनि प्रजातन्त्र हट्ने कुरा छैन। यो प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र छ, यसलाई स्थायी गराउने काममा लाग्नुपर्छ।’
 

प्रकाशित: Mar 27, 2025| 17:59 बिहीबार, चैत १४, २०८१
प्रतिक्रिया दिनुहोस्