मंगलबार, साउन १९, २०८३

प्रतिनिधिसभाको बैठक २ बजे बस्ने

 |  बिहीबार, चैत १४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १४, २०८१

काठमाडौं- प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो २ बजे बस्नेगरी समय निर्धारण गरिएको छ। बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची थियो।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक समय परिवर्तन गरी आज दिउँसो २ बजे बस्नेगरी निर्धारण गरेका हुन्। 

‘प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले सभाको बैठक आजै दिउँसो २ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा सांसहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, पाण्डेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: Mar 27, 2025| 12:29 बिहीबार, चैत १४, २०८१
प्रतिक्रिया दिनुहोस्