मंगलबार, चैत १९, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सिटी एक्सप्रेसको '१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा' का विजेतालाई रकम हस्तान्तरण

सिटी एक्सप्रेसको '१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा' का विजेतालाई रकम हस्तान्तरण

 |  बुधबार, चैत १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

vianetvianet

काठमाडौं- सिटी एक्सप्रेस मनि ट्रान्सफरले काठमाडौं कमलादीस्थित आफ्नै कार्यलय भवनमा  “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कोरियाबाट निराजन ढकालले जि मनि ट्रान्स मार्फत यहाँ सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउदा “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा” योजना हात पारेका छन् ।

triton college

आफुले पठाएको रकमको १८ गुणा गरी रु ७,५४,३६२ जित्न सफल भएका थिए र सोही रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा नेपाली चर्चीत हास्य कलाकार साथै सिटी एक्सप्रेस मनि  ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो ।
 
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना २ जनालाई सामसुङको स्मार्ट  फोन,  हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टि भी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई  जनही रु ५०० को सिटी पे वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।

जसअन्तर्गत १६२० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप् अप )  , २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टि भी ) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट  फोन ) जित्न सफल भईसकेका छन् ।

सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ । हरेक बर्ष नयाँ नयाँ बिषय वस्तुलाई समावेश गरेर क्यालेन्डर प्रकाशन गर्ने सिटी एक्सप्रेसले यस बर्ष भने आर्थिक सम्बृद्धीको बिषय वस्तुमा क्यालेन्डर तयार पारेको छ ।  

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुतmानी पनि गर्न सकिन्छ ।

प्रकाशित: Mar 26, 2025| 11:12 बुधबार, चैत १३, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्