शुक्रबार, भदौ ५, २०८३

अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्न सरकारको निर्देशन

अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्न सरकारले सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं-  अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्न सरकारले सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिबारे जानकारी लिएर चाँडो उद्धार गर्न निर्देशन दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले भने, 'अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन सरकारले निर्देशन दिएको छ।'

बैठकमा भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूले लन्डनमा जारी राखेको अनशनप्रति ध्यानाकर्षण भएको उनले बताए। सरकारले उनीहरूका माग पूरा गर्न कूटनीतिक माध्यमबाट प्रक्रिया अगाडि बढाएको छ। कार्कीका अनुसार सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको उनले जानकारी दिए।

प्रकाशित: Aug 16, 2021| 11:55 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...