मंगलबार, जेठ २०, २०८२

साउदी वार्तामा प्रगतिको अपेक्षा

 |  आइतबार, चैत १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

vianetvianet

संयुक्त राज्य अमेरिकाले युक्रेनी र रुसी प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुअघि रुसी वार्ताकारले सोमबार साउदी अरबमा हुने वार्तामा ‘केही प्रगति’ हासिल गर्ने अपेक्षा गरेको बताएका छन्।

अमेरिकी कुटनीतिज्ञ किथ केलोगले यस प्रयासलाई होटलका कोठाहरूबीचको ‘शटल डिप्लोमेसी’को संज्ञा दिएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका लागि आफू तयार रहेको बताएका छन्। खाडी मुलुकमा सोमबार अमेरिकी र रुसी अधिकारीबीच छुट्टाछुट्टै बैठक हुनेछ।

मस्कोले ३० दिनको पूर्ण र निःशर्त युद्धविरामका लागि अमेरिका र युक्रेनको संयुक्त प्रस्तावलाई अस्वीकार गरेको छ। मस्को र किभ दुवैले वार्ताको दौडान आक्रमण जारी राखेका छन्।

शुक्रबार राति दक्षिणी युक्रेनी शहर जापोरिजियामा रुसी आक्रमणमा परी एकै परिवारका तीनजनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरू आक्रोशित भएका छन्।

युक्रेनको आपतकालिन सेवाले आइतबार बिहानै भनेको छ, ‘रुसले किभमा ड्रोन अपार्टमेन्टका भवनहरूमा आक्रमण गरेको, आक्रमणबाट आगलागीसमेत भएको र कम्तीमा दुईजनाको मृत्यु भएको छ।’

National life insurance

किभका मेयर भिटाली क्लिट्स्कोले आइतबार आक्रमणका कारण शहरका विभिन्न जिल्लामा भग्नावशेष खस्दा सातजना घाइते भएको बताएका छन्। रुसको रक्षा मन्त्रालयले ५९ वटा युक्रेनी ड्रोनलाई नष्ट गरेको जनाएको छ।

रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने रुसी सिनेटर ग्रिगोरी कारासिनले ज्वेज्दा टिभी च्यानलसँग भने, ‘हामी कम्तीमा केही प्रगति हासिल गर्ने आशा गर्छौं।’ उनले आफू र एफएसबीका सल्लाहकार सर्गेई बेसेडाको वार्ताले ‘जुझारु र रचनात्मक’ अवस्था बनाउने बताएका छन्।

युक्रेनका एक वरिष्ठ अधिकारीले एक दिनअघि एएफपीलाई बताएअनुसार किभले ऊर्जा, पूर्वाधार र समुद्रमा हुने आक्रमणलाई समेट्ने गरी आंशिक युद्धविरामका लागि कम्तीमा सहमति हासिल गर्ने आशा राखेको छ। किभले आफ्ना रक्षामन्त्रीलाई वार्तामा पठाउँदैछ।
 
‘हामी कम्तीमा एउटा मुद्दाको समाधानका लागि लड्ने मनस्थितिमा छौँ,’ रुसको रक्षा मन्त्रालयको स्वामित्वमा रहेको ज्वेज्दासँग कुरा गर्दै कारासिनले भने। उनीहरु आइतबार साउदी अरब जान लागेको र मङ्गलबार फर्किने उनले बताए।

प्रकाशित: Mar 23, 2025| 18:01 आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्