बुधबार, असार ३, २०८३

रोकिएन नेप्सेको ओरालो यात्रा

 |  आइतबार, चैत १०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

काठमाडौं- गत सातादेखि लगातार घटिरहेको सेयर बजार परिसूचक नेप्से यो साताको पहिलो दिन पनि ओरालो लाग्यो।

National life

साताको पहिलो दिन नै सेयर बजारमा पहिरो गएको छ। आज ५३.०४ अंकले घटेर नेप्से परिसूचक २६१६.२६ को बिन्दुमा झरेको छ।

आज २ सय ६९ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सबैभन्दा बढी मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले १० प्रतिशतका दरले गुमाए।

आज २६ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ। कुथेली बुखारी स्माल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी करिब ९ प्रतिशतका दरले कमाएका छन् ।

२२ वटा कम्पनीको सेयर मूल्य भने यथावत् रह्यो। आज ६ अर्ब ३२ करोडबराबरको कारोबार भएको छ।

Shivam cement

गत साताभर पनि नेप्से ओरालो लागेको थियो।

प्रकाशित: Mar 23, 2025| 15:23 आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्