बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व संकलन

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व संकलन

 |  आइतबार, चैत १०, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

आइतबार, चैत १०, २०८१

vianetvianet

वीरगञ्ज- वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार राजस्व संकलन गरेको छ।

Kumaribank

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व संकलन भएको छ।

कार्यालयले गत साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा रु चार अर्ब ६४ करोड राजस्व संकलन गरेको थियो। असोजमा रु चार अर्ब ३६ करोड, कात्तिकमा रु तीन अर्ब ७९ करोड राजस्व संकलन गरेको थियो।

यसैगरी, गत मंसिरमा रु तीन अर्ब २२ करोड, पुसमा रु तीन अर्ब ५६ करोड, माघमा रु चार अर्ब २९ करोड र फागुनमा रु चार अर्ब ६८ करोड राजस्व संकलन गरेको हो। चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुनमा नै संकलन भएको छ।

प्रकाशित: Mar 23, 2025| 08:28 आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्