सोमबार, जेठ १८, २०८३

प्रदेश नामाकरणबारे मुख्यमन्त्री राईले थाले छलफल

प्रदेशको हरेक अधिवेशन सुरु हुनुअघि प्रदेशको नामाकरणको विषय उठ्ने गरेको छ। तर, प्रदेशको नामाकरणको विषय प्रदेश सभामा पेश हुन सकेको छैन।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

विराटनगर- प्रदेशको राजधानी तोकिएको करिव २६ महिनापछि प्रदेश १ को नामाकरणबारे छलफल सुरु हुने भएको छ। प्रदेशको हरेक अधिवेशन सुरु हुनुअघि प्रदेशको नामाकरणको विषय उठ्ने गरेको छ। तर, प्रदेशको नामाकरणको विषय प्रदेश सभामा पेश हुन सकेको छैन। 

National life

चालु आव २०७८/७९ को बजेट पारित भएपछि प्रदेशसभाको बैठक अहिले स्थगित छ। बैठक सुरु भएपछि प्रदेशको नामाकरणको विषय प्रवेश गराउने सरकारको तयारी छ।  

प्रदेश नम्बर १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल थालेका छन्। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श थालेका हुन्। चालू अधिवेशनबाटै प्रदेशको नाम राख्नका लागि मुख्यमन्त्री राईले पहलकदमी थालेका उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए। 

मुख्यमन्त्री राईले दलका नेताहरूसँग प्रदेशको नामका लागि सहमती गरेर अगाडि बढ्नु पर्ने भन्दै छलफललाई तीब्रता दिएको प्रेस सल्लाहकार सुवेदीले बताए। प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलका नेताहरूसँग मुख्यमन्त्री राईले छलफल गरेका छन्। 

छलफलका क्रममा दलका नेताहरूले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वोले बताए। 

Shivam cement

प्रदेश १ को नामाकरणका लागि सगरमाथा, कोशी, कोशी किराँत को नाम बढी चर्चामा ल्याइएको छ। सगरमाथाको आफ्नै पहिचान भएकाले कोशी प्रदेश नाम बढी उपयुक्त हुने अग्रज पत्रकार यज्ञ शर्मा बताउँछन्। उनका अनुसार कोशी प्रदेशको पक्षमा माहौल बन्दै गएको आफूले पाएको उनको भनाई छ। 

संसदको बजेट अधिवेशनमा सामाजिक विकास मन्त्रालयको तर्फबाट जवाफ दिने क्रममा सामाजिक विकास मन्त्री उषाकला राईले कोशी किराँत नाम राख्नु पर्ने बताएकी थिइन्। उनले कोशी किराँत जात भन्दा पनि सभ्यतासँग जोडिएको उनको तर्क छ।

प्रकाशित: Jul 28, 2021| 09:10 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।