मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशिलतामा जोड दिनुपर्छ: अध्यक्ष ढकाल

आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशिलतामा जोड दिनुपर्छ: अध्यक्ष ढकाल

 |  मंगलबार, फागुन २७, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०८१

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलताको विकास गर्नुपर्ने बताएका छन्। 

National life

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सौन्दर्यविद् कमला श्रेष्ठको सौन्दर्य–क्रान्ति आत्मकथाको मंगलबार काठमाडौंमा विमोचन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

उनले समानता र सामाजिक न्यायसहितको समाज निर्माणका लागि महिला श्रमको निःसर्त सम्मान हुने वातावरण आवश्यक रहेको बताए। उद्यमशीलताले मानिसमा आत्मसम्मान र आत्मनिर्भता बढाउनुका साथै देश विकासमा लागि पनि योगदान दिने उल्लेख गर्दै व्यवसायी श्रेष्ठले उद्यमशीलता विकासका लागि अनुकरणीय काम गरेको उनले बताए।

अठोटसहितको निरन्तरताले सफलता दिन्छ भन्ने एउटा उदाहरणका रूपमा व्यवसायी कमला श्रेष्ठलाई लिन सकिने बताउँदै अध्यक्ष ढकालले आफ्‌नो व्यवसायको माध्यमबाट हजारौँलाई सीप हस्तान्तरण गर्दै रोजगारी सिर्जना गर्नु आफैँमा चुनौतीपूर्ण र महत्वपूर्ण कार्य भएको धारणा राखे।

प्रकाशित: Mar 11, 2025| 18:01 मंगलबार, फागुन २७, २०८१
प्रतिक्रिया दिनुहोस्