मंगलबार, पुस ८, २०८२

गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु

 |  मंगलबार, फागुन २७, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०८१

मधेस सरकारको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ।

National life

उपचारको क्रममा गए राति करिब १२ बजे उनको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

आइतबार राति करिब ११ बजे अचानक उनको पेट र छातीको बीचमा दुखेपछि स्थानीय अस्पताल सामान्य उपचारपछि विराटनगरस्थित नोबेल अस्पतालमा लगिएको थियो।

सिरहाको सिरहा नगरपालिका सुखचैना घर भएका यादव प्रहरी चौकी कल्याणपुर चितवनमा दरबन्दी भई मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा कार्यरत थिए।

प्रकाशित: Mar 11, 2025| 17:02 मंगलबार, फागुन २७, २०८१
प्रतिक्रिया दिनुहोस्