मंगलबार, पुस ८, २०८२

कुर्सी भाँचिएर संसद् बैठकमै लडिन् सांसद

 |  मंगलबार, फागुन २७, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०८१

प्रतिनिधि सभाको बैठक चलिरहँदा कुर्सी भाँचिदा एक सांसद लडेकी छन्। सत्तारूढ नेकपा (एमाले)की सांसद उर्मिला थेबे लडेकी हुन्।

National life

थेबे बसेको कुर्सी भाँचिँदा प्रतिनिधि सभाको बैठक केहीबेर प्रभावित भएको थियो। बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला कुर्सी भाँचिएको हो।

सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए। बोलिरहेका सांसद गगन थापा पनि रोकिएर पछाडि फर्किएका थिए।

लडेकी सांसदलाई अन्य सांसदहरुले बैठक कक्षबाट बाहिर निकालेका थिए। उनलाई कुनै चोटपटक लागेको छैन।

प्रकाशित: Mar 11, 2025| 16:58 मंगलबार, फागुन २७, २०८१
प्रतिक्रिया दिनुहोस्