बुधबार, असोज १, २०८२

टाटाका तीन नयाँ गाडी जनकपुरमा सार्वजनिक

 |  मंगलबार, फागुन २७, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०८१

vianetvianet

टाटा मोटर्सले जनकपुरमा आफ्ना तीन नयाँ गाडी सार्वजनिक गरेको छ। नेपालका लागि टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी जनकपुरमा लन्च गरेको हो।

Kumaribank

जनकपुरस्थित गिरिजा अटोमोबाइल्समा बहुप्रतीक्षित गाडीहरू सार्वजनिक गरेको कम्पनीले जनाएको छ। कार्यक्रममा सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती, टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानका साथै मारबाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरी पनि सहभागी थिए।  

कार्यक्रममा प्यासेन्जर भेहिकलका बिजनेस युनिट प्रमुख सिजापतीले टाटाका ईभी २७ लाख ४९ हजारबाट सुरु गरेर ५६ लाख ९९ हजारसम्ममा रोज्न सकिने बताए। इन्ट्री लेभलको गाडी टियागो र एसयूभीमा पन्च ईभी रोज्न सकिने उनले बताए। प्रिमियम एसयूभीमा लामो दुरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहनेले कर्भ ईभीको टप भेरियन्ट लिन सक्ने उनले बताए।

जनकपुरमा सार्वजनिक भएपछि टाटाका नयाँ गाडी विराटनगरमा सार्वजनिक हुने कम्पनीले जनाएको छ।

प्रकाशित: Mar 11, 2025| 13:02 मंगलबार, फागुन २७, २०८१
प्रतिक्रिया दिनुहोस्