मंगलबार, पुस ८, २०८२

नाडा अटो शो २०२५ को रजिष्ट्रेशन खुल्यो

 |  मंगलबार, फागुन २७, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०८१

काठमाडौं-  नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आगामी भाद्र ३ देखि ८ गतेसम्म १७ औं संस्करणको 'नाडा अटो शो २०२५' आयोजना गर्ने भएको छ ।

National life

काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने प्रदर्शनीको लागि यही फागुन २७ देखि चैत ४ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिएको नाडाले जनाएको छ ।

विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने भएको छ । प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायत वित्तिय संस्था र इन्स्योरेन्सलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

यस नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोवाइल कम्पनीहरुबाट समेत जानकारी माग भइरहेकोले गत बर्षहरुको तुलनामा यस बर्ष छिटै रजिष्ट्रेशन खुल्ला गरिएको नाडाको भनाइ छ ।  

नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पुर्याउदै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिइएको छ ।क़

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 11, 2025| 12:59 मंगलबार, फागुन २७, २०८१
प्रतिक्रिया दिनुहोस्