बुधबार, साउन २८, २०८२

सहजपुर-बोगटान सडक योजना कार्यालय खारेज

 |  मंगलबार, फागुन २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०८१

vianetvianet

गोदावरी- सहजपुर-बोगटान सडक योजना कार्यालय खारेज भएको छ। कैलालीको सहजपुरबाट डोटीको बडिकेदारसम्मको ५० किलोमिटर सडक कालोपत्रको काम पूरा भएसँगै सो कार्यालय खारेज भएको हो।

सङ्घीय सरकारले चालु आर्थिक वर्षमा सो सडक योजना कार्यालय खारेज गरे पनि सडक हस्तान्तरणमा ढिलाइ भएको छ। उक्त सडकलाई डिभिजन कार्यालय डोटी र महेन्द्रनगरमध्ये कुन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्ने भन्ने निर्णय नभएको सडक डिभिजन कार्यालय डोटीका प्रमुख रमेश भट्टराईले बताए।

डोटीको बडिकेदारबाट बोगटानसम्मको २४ किलोमिटर सडक कालोपत्रको ठेक्का प्रक्रिया थालिएका बेला योजना कार्यालय नै खारेज भएपछि अन्योल सृजना भएको छ। सङ्घीय सरकारले २४ किलोमिटर सडक कालोपत्र गर्न वातावरणीय प्रभाव मूल्याङ्कनको काम गरेको थियो। तर, योजना कार्यालय नै खारेजीमा परेपछि नयाँ ठेक्का प्रक्रियामा अन्योल भएको भट्टराईको भनाइ छ।

सङ्घीय सरकार मातहतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले ३६ किलोमिटर सडकको विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ। सङ्घीय सरकारको विस्तृत आयोजना प्रतिवेदनमा ३६ किलोमिटर सडक निर्माणका लागि रु दुई अर्ब ५० करोड बजेट आवश्यक पर्ने देखिएको जनाइएको छ।

सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले विभागमा बजेट माग गर्दै फाइल पठाएको जनाइएको छ। सङ्घीय सरकारले २४ किलोमिटर सडकको ठेक्का सम्झौताका लागि बजेट स्वीकृतिका लागि सडक विभागमा फाइल पठाएको छ। सडक सुधार तथा विकास आयोजना निर्देशनालयका सूचना अधिकारी क्षितिज जोशीले चालु आर्थिक वर्षमा उक्त सडक निर्माणको काम नहुने बताए। सहजपुर–विपीनगर–बोगटान सडकको पुरानो ठेक्काको काम सकिएको जनाइएको छ।

Metro Mart

प्रकाशित: Mar 11, 2025| 08:48 मंगलबार, फागुन २७, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुक्खाग्रस्त संकट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

सुक्खाग्रस्त संकट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

पर्सामा कृषकको मागअनुसार सरकारी अनुदानको मल उपलब्धता गराउन भने सकिएको छैन। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सरकारले तोकेको कोटाअनुसारको मलले ६०...