मंगलबार, पुस ८, २०८२

माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

अछाममा माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ। 

National life

मृत्यु हुनेमा मंगलसेन नगरपालिका–८ सुतुडाकी २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया बिनिता बोहरा रहेका अछाम प्रहरीले जनाएको छ।

देउरुपा र बिनिता एकै घरका जेठानी–देवरानी हुन्। छिमेकी ९ नम्बर वडाको ओली गाउँस्थित रातोमाटे भन्ने ठाउँमा माटो खन्न गएका उनीहरु माथिबाट खसेको ढिस्कोले पुरिएका थिए। घटनाबारे थाहा पाएलगत्तै उद्धारमा खटिएका स्थानीयले उनीहरुको शव निकालेका छन्।

कमजोर भूगोल र लामो समयदेखि स्थानीयले एउटै ठाउँमा माटो खन्ने गरेका कारण घटना भएको अनुमान गरिएको छ।

प्रकाशित: Mar 10, 2025| 18:32 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्