सोमबार, असार १, २०८३

सात महिनामा आयो नौ खर्ब रेमिटेन्स

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

काठमाडौं- चालु आवको सात महिनासम्ममा ९ खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ। 

National life

नेपाली रुपैयाँमा रेमिटेन्स ७.३ प्रतिशतले बढेको छ। अमेरिकी डलरमा यो वृद्धि ५.३ प्रतिशत छ। 

राष्ट्र बैंकले सोमबार जारी गरेको मुलुकको सात महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थाबारेको प्रतिवेदनअनुसार सात महिनामा रेमिटेन्स ९ खर्ब ८५ करोड रुपैयाँ आएको छ। अमेरिकी डलरमा यो रकम ६ अर्ब ६५ करोड हो। अघिल्लो आवको यही अवधिमा रेमिटेन्स १८.८ प्रतिशतले बढेको थियो। 

केन्द्रीय बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.१६ प्रतिशतले बढेको छ। यस्तै आयात १०.१ प्रतिशतले र निर्यात ४६.५ प्रतिशतले बढेको छ।

यस्तै कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ५ करोड पुगेको छ। सरकारी खर्च ७५४ अर्ब ८५ करोड र राजस्व परिचालन ६४२ अर्ब ८५ करोड रहेको छ। 

Shivam cement

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.८ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.३ प्रतिशत रहेको छ।

प्रकाशित: Mar 10, 2025| 18:28 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्