शुक्रबार, पुस ११, २०८२

धवलागिरिमा पूर्वाधारका १०५ योजना कार्यान्वयनमा

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

म्याग्दी- धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा पूर्वाधारसम्बन्धी १ सय ५ योजना कार्यान्वयनमा ल्याएको छ।

National life

गत असार र पुसको गाउँसभाबाट छनोट भइ बजेट विनियोजन भएकामध्ये ७८ योजनाको सम्झौता भएको र २७ वटा सम्झौताको चरणमा रहेका गाउँपालिकाले जनाएको छ। सडक, खानेपानी, सिँचाइ, पहिरो तथा नदी नियन्त्रण, पदमार्ग, भवन, खेलमैदान निर्माणसम्बन्धी योजना रहेका छन्।

प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले ४, ५, ६ र ७ नम्बर वडामा पर्ने मुदी, मल्कवाङ, मराङ र ताकममा घुम्ती शिविरमार्फत ६५ योजनाको सम्झौता गरिएको जानकारी दिए। गाउँपालिकाको कार्यालय रहेको मुना आएर योजना सम्झौता गर्न अपायक पर्ने वडाका उपभोक्ता समितिसँगै वडा कार्यालयमा पुगेर सम्झौता गरिएको उनले बताए।

चालु आर्थिक वर्षमा पूर्वाधार योजनाका लागि करिब १५ करोड रूपैयाँ बजेट विनियोजन भएकामा सात महिनाको अवधिमा १५ प्रतिशत खर्च भएको छ।

कुल ४७ करोड २९ लाख ५८ हजार रूपैयाँ बजेट विनियोजन भएकामा सात महिनाको अवधिमा २८ दशमलव ९१ प्रतिशत अर्थात १३ करोड ६७ लाख ५६ हजार ६ सय ७५ रूपैयाँ खर्च भएको छ।

Laxmi sunrise bank
kumari

संघीय विशेष अनुदान करोड १० लाख रूपैयाँ बजेट भएको मच्छिम-शिवाङ-हिलापोखरी एक घर एक धारा खानेपानी, संघीय समपूरक ७० लाख रूपैयाँ बजेटको लुलाङ-गुर्जा सडक, प्रदेश समपूरक एक करोड रूपैयाँको मुदी वडा कार्यालय र संघीय विशेष अनुदान एक करोड रूपैयाँ बजेटको मुदी ढल निकास योजनालाई ठेक्का प्रक्रियामार्फत कार्यान्वयनमा लगिएको छ।

गत वर्ष तीन करोड ८० लाख रूपैयाँमा ठेक्का सम्झौता भएको लुलाङ-गुर्जा सडकमार्फत नौ किलोमिटर ५०० मिटर सडकको मार्ग खुलेको, ताकममा पाँच शय्या क्षमताको अस्पताल र घट्टेखोलामा प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलले बताए।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गका २२ योजना कार्यान्वयनको चरणमा छन्। जेठ महिनाभित्र योजना सम्पन्न गरिसक्ने लक्ष्यसहित उपभोक्ता समिति र निर्माण व्यवसायीलाई सहजीकरण, समन्वय, परिचालन र अनुगमनलाई तीव्रता दिएको गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले बताए। रासस

प्रकाशित: Mar 10, 2025| 19:31 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्