सोमबार, असार १, २०८३

महिलालाई रोजगारी दिँदै भूमिकास्थान

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको कर्मशील जनशक्ति परिचालन कार्यक्रमबाट महिला रोजगारीमा जोडिन थालेका छन्। गत आर्थिक वर्षमा एक सयभन्दा बढी महिला उद्यमी तयार गरी मकैको पोस्कर र थाकलबाट टोपी तथा झोला निर्माण गरेको पालिकाले यस वर्ष उक्त परिमाणमा रोजगारी दिने लक्ष्य लिएको छ।

National life

भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाका अनुसार स्वरोजगार सिर्जना गर्ने, बसाइँसराइ नियन्त्रण गर्ने र आन्तरिक आम्दानी वृद्धि गरी भूमिकास्थानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ कर्मशील कार्यक्रम सञ्चालन गरिएको हो। नगरपालिकाले प्राकृतिक रेसाजन्य वनस्पति थाकलको पात र मकैको पोस्करबाट निर्माण हुने हस्तकला सामग्रीलाई व्यावसायिक रुपमै अगाडि बढाएको छ।

हाइब्रिड जातको मकैको पोस्करबाट टोपी र झोला निर्माण नहुने भएकाले नगरपालिकाले बाँझो जग्गामा कर्मशील रोजगार कार्यक्रममार्फत मकैको बीउ उत्पादन गरेको नगरपालिकाका योजना अधिकृत हरिश्चन्द्र भुसाललले बताए।

मकैको पोस्कर र थाकलबाट निर्माण गरिएका टोपी र झोला बिक्री गर्न कुनै समस्या नभएको नगर उपप्रमुख बालकृष्ण बञ्जाडेले जानकारी दिए। ओम राजश्री मल्टि एग्रो प्रालि काठमाडौंले गत आर्थिक वर्षमा तालिम लिएकामध्ये निरन्तर सामग्री निर्माण गर्ने भूमिकास्थान-३ कि लीला विकलाई ३० हजार रूपैयाँसहित सम्मान गरेको छ।

बाँझो जग्गा खनेर गहत, प्याज र विभिन्न तरकारीखेतीबाट मनग्य आम्दानी गरेका कर्मशील महिला उद्यमीले अहिले आफै तयार पारेका मकैको पोस्कर थाकेको पातबाट बनेका झोला र टोपी गाउँमा उत्पादन गरेर विदेश निर्यात गर्न थालेका छन्। भूमिकास्थानका १० वटै वडामा तालिम दिएर स्वरोजगार बनाएको नगरपालिकाले अहिले महिलालाई व्यावसायिकतामा जोडेको हो।

Shivam cement

कम्पनीले प्रतिक्वीन्टल १५ हजार रूपैयाँको दरले पोस्कर खरिद गरेको छ। यसरी तयार भएको झोला र टोपीको बजारीकरण पालिकाले गरेपछि महिला आम्दानी गर्न थालेका छन्। पालिकाबाट बेरोजगारी समस्या अन्त्य गर्ने योजनाअन्तर्गत बाँझो खेत जोत्ने अभियान पनि सँगसँगै सुरु गरिएको छ। रासस

प्रकाशित: Mar 10, 2025| 17:31 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्