मंगलबार, पुस ८, २०८२

भारतको अहमदावादमा नेपालका पर्यटकीय गन्तव्यको प्रदर्शनी 

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

काठमाडौं- नेपाल पर्यटन बोर्डले छिमेकी मुलुक भारतीय पर्यटकलाई लक्षित गर्दै अहमदाबादमा आयोजित 'इन्डिया इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम)'मा नेपालका पर्यटकीय गन्तव्यको प्रदर्शनी गरेको छ। 

National life

भारतको अहमदाबादस्थित वाईएमसीए कन्भेन्सन सेन्टरमा आयोजित आईआईटीएममा नेपालले आफ्नो पभेलियन स्थापना गरेर नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा विभिन्‍न १५ नेपाली पर्यटन व्यवसायीहरुले नेपालका पर्यटकीय गन्तव्यहरुको प्रदर्शनी गरेका हुन्। नेपाल पभेलियनमा ठूलो संख्यामा भारतीय पर्यटकहरु तथा पर्यटन व्यवसायीहरुले नेपालका पर्यटकीय गन्तव्यबारे जानकारी लिएको बोर्डले जानकारी दिएको छ। 

नेपालले आफ्नो पभेलियनमा नेपालका विश्‍व सम्पदा सूचीमा परेका सांस्कृतिक धरोहर, प्राकृतिक सुन्दरता तथा साहसिक पर्यटन, पदयात्रा, पर्वतारोहरण, जंगल सफारी, धार्मिक पर्यटनलगायतका विभिन्‍न पर्यटकीय गन्तव्यको जानकारी र प्रचार सामग्रीहरुको प्रदर्शनी राखेको जनाइएको छ।  नेपालले भारतको ठूलो जनसंख्यालाई लक्षित गर्दै पर्यटन प्रबर्द्धनका लागि भिडियो सामग्री, डकुमेन्ट्रीलगायतका सामग्रीहरु समेत प्रदर्शन गरेको छ। 

आईआईटीएमले नेपाल-भारतबीचको पर्यटन सम्बन्धलाई सुदृढ पार्ने प्लेटफर्म प्रदान गरेको र यसले पर्यटन व्यवसायीहरुलाई पनि सहकार्यको अवसर प्रदान गरेको बोर्डका प्रबन्धक खड्क बिक्रम शाहले जानकारी दिएका छन्। नेपाली प्रतिनिधिमण्डको नेतृत्व गर्दै आईआईटीएममा सहभागी भएका प्रबन्धक शाहले नेपालका पर्यटन व्यवसायीहरुले भारतीय पर्यटन व्यवसायीहरुसँग नेपालको पर्यटन प्रबर्द्धनका विषयमा केही सहकार्यको सम्झौता गरेकोसमेत जानकारी दिएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 10, 2025| 16:45 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्