आइतबार, साउन २४, २०८३

हनुमन्ते खोलामा भेटिएको शवको पहिचान खुल्यो

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

भक्तपुर नगरपालिका–१ सिर्जना नगरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शवको पहिचान खुलेको छ। शनिबार अपराह्न ३:४५ बजे हनुमन्ते खोलामा एक युवकको शव फेला परेको थियो।

उक्त शव रामेछापको गोकुलगंगा गाउँपालिका–५ कानीटार घर भई हाल भक्तपुरको जगाती बस्ने २१ वर्षीय रञ्जित विकको भएको खुल्न आएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

मृतककी दिदी पूजा प्रहरी सम्पर्कमा आई शवको पहिचान गरेकी हुन्। शव नग्न अवस्थामा फेला परेको थियो। स्थानीयले प्रहरीलाई खबर गरेपछि तत्काल घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो। मृत्युको कारण अझै खुल्न सकेको छैन।

प्रकाशित: Mar 10, 2025| 16:26 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्