मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वराजाको स्वागतमा आदित्यनाथको तस्बिरबारे बोले प्रधानमन्त्री ओली

पूर्वराजाको स्वागतमा आदित्यनाथको तस्बिरबारे बोले प्रधानमन्त्री ओली

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पक्षधरको आइतबारको प्रदर्शनमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर देखिएको विषयमा प्रतिक्रिया दिएका छन्।

National life

गैरसरकारी संस्था महासंघको ११औं महाधिवेशन तथा नागरिक सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यसबारे बोलेका हुन्। उनले भने, 'एउटा जुलुस निकाल्नुपर्‍यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं। अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन। हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौं।'

आइतबार पोखराबाट काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍यालीमा सहभागी एक जनाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तबिर बोकेका थिए। त्यसप्रति प्रधानमन्त्री ओलीले कटाक्ष गरेका हुन्।

 

प्रकाशित: Mar 10, 2025| 14:26 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्