आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वराजाको स्वागतमा फोहोर गरेबापत राप्रपाले तिर्‍यो एक लाख जरिवाना

पूर्वराजाको स्वागतमा फोहोर गरेबापत राप्रपाले तिर्‍यो एक लाख जरिवाना

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ। आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा महानगर क्षेत्र फोहोर भएको र भौतिक क्षति भएको भन्दै महानगरले पार्टीलाई जरिवानाको चिठी काटेको थियो।

पार्टीले आज पत्र बुझेर जरिवाना तिरेको हो। पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले महानगरको खातामा जरिवाना दाखिला गरेको जानकारी दिएका छन्। उनले फेसबुकमा भनेका छन्-

हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं। राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान्। महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौं। रु १ लाख रुपैयाँ हामीले काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौं।

प्रकाशित: Mar 10, 2025| 14:10 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्