मंगलबार, पुस ८, २०८२

सवारी दुर्घटनामा चारको मृत्यु, दुईजना मृत फेला

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

रूपन्देही, सियारी गाउँपालिका-६ सर्जुगंजस्थित सडकमा सर्जुगंजदेखि अमुवातर्फ जाँदै गरेको लु.६३ प ६०४६ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा चालक सियारी गाउँपालिका-६ सर्जुगंज बस्ने ५० वर्षीय दुर्गा बहादुर खत्रीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।

National life

यसैगरी रूपन्देही, रोहिणी गाउँपालिका-३ परासीझुंगास्थित सडकमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु.९२ प ८२४७ नम्बरको मोटरसाइकल आइतबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार सियारी गाउँपालिका-४ छपिया बस्ने ५० वर्षीय रामअधारे रायको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उदयपुर, त्रियुगा नगरपालिका-८ राजावासस्थित सडकमा गाईघाटबाट मुर्कुचीतर्फ जाँदै गरेको प्र.१-०५-००१ प ८३५९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-८ बस्ने ६५ वर्षीया टिका माया कार्कीको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाजुरा, खप्तड छेडेदह गाउँपालिका-५ चिराल्नास्थित सडकमा डोगडीबाट बुढीगंगातर्फ आउँदै गरेको भे.२ त १५८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक बुढीगंगा नगरपालिका-४ खोलालवाडा बस्ने अन्दाजी ३३ वर्षीय पदम रावतको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनालाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मृत फेला
भक्तपुर, सूर्यबिनायक नगरपालिका-१० चित्तापोलस्थित बारीको खाल्डोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्।

Laxmi sunrise bank
kumari

धादिङ, त्रिपुरा सुन्दरी गाउँपालिका-२ सिसौघारीस्थित बुढीगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २४ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्।

प्रकाशित: Mar 10, 2025| 13:24 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्