पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले बोल्ने समय नजिक आउँदै गरेको प्रतिक्रिया दिएका छन्।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत पुगेका रविले त्यहाँबाट बाहिरिँदै गर्दा लामिछानेले यसका लागि केही समय प्रतीक्षा गर्न भनेका हुन्।
रुपन्देही जिल्ला अदालतबाट माग भएको १ करोड रुपैयाँ धरौटी रकम धेरै भएको भन्दै पुनर्विचार गर्न माग गर्दै लामिछाने उच्च अदालत पुगेका हुन्। निवेदन दिएर श्रीमती निकाता पौडेलसहित बाहिरिँदै लामिछानेले आफू अहिले बोल्ने अवस्था नभएको तर बोल्ने दिन नजिकै आएको सञ्चारकर्मीलाई बताए।
उनी आजै जिल्ला अदालत रुपन्देहीमा हाजिर पनि हुँदैछन्। जिल्ला अदालत हाजिर हुन आएको बेला उनले उच्च अदालत तुलसीपुर बुटवलमा निवेदन दिएका हुन्।