सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटिजन्स बैंक र इलाइट डेन्टल स्टुडियोबीच छुट सम्झौता

सिटिजन्स बैंक र इलाइट डेन्टल स्टुडियोबीच छुट सम्झौता

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल र सामाखुसीस्थित इलाइट डेन्टल स्टुडियोबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।

National life

सम्झौतापछि बैंकका कार्डवाहक, प्रिभिलेज कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले इलाइट डेन्टल स्टुडियोमा १५  प्रतिशत आकर्षक छुट पाउनेछन्।

सहकार्यबाट ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ।

बैंकले हाल १९९ शाखा, १६५ एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ।

Shivam cement

प्रकाशित: Mar 10, 2025| 11:42 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्