मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • शाओमी रेड्मी बड्स६ सिरिज सार्वजनिक, ३८ घण्टाको ब्याट्री ब्याकअप

शाओमी रेड्मी बड्स६ सिरिज सार्वजनिक, ३८ घण्टाको ब्याट्री ब्याकअप

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

काठमाडौं-  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी बड्स ६ सिरिज सार्वजनिक गरेको छ। रेड्मी बड्स ६ लाइट र रेड्मी बड्स ६ प्ले नामक दुई नयाँ वायरलेस इयरबड्स रहेका छन्। यी इयरबड्सले उत्कृष्ट साउन्ड, स्पष्ट कल अनुभव तथा लामो ब्याट्री लाइफ प्रदान गर्छन्।

National life

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले नवीनतम प्रविधि प्रदान गर्दै प्रयोगकर्ताको अनुभवलाई उत्कृष्ट बनाउन रेड्मी बड्स ६ सिरिजको उत्कृष्ट अडियो गुणस्तर, लामो ब्याट्री लाइफ र स्मार्ट नोइज क्यान्सलेसनजस्ता सुविधा सस्तो मूल्यमा उपलब्ध गराएको बताए।

रेड्मी बड्स ६ लाइटः उच्च गुणस्तरीय साउन्ड र नोइज क्यान्सिलेसन
१२.४ एमएमको डाइनामिक टाइटेनियम ड्राइभरसहितको रेड्मी बड्स ६ लाइटले शक्तिशाली साउन्ड क्वालिटी अनुभव दिन्छ।

४० डेसिबल हाइब्रिड एक्टिभ नोइज क्यान्सलेसनको विशेषताले वरपरको अनावश्यक आवाज हटाएर क्लीन साउन्ड प्रदान गर्छ। डुअल माइक्रोफोन र एआई नोइज रिडक्सन टेक्नोलोजीले कुराकानीलाई अझ स्पष्ट बनाउँछ भने ३८ घन्टाको ब्याट्री ब्याकअपसहितले दीर्घकालीन प्रयोग सुनिश्चित गर्छ।

रेड्मी बड्स ६ प्लेः हल्का, शक्तिशाली र सुविधाजनक
रेड्मी बड्स ६ प्ले विशेष रूपमा उत्कृष्ट साउन्ड गुणस्तर तथा सुलभ मूल्य चाहने प्रयोगकर्ताका लागि डिजाइन गरिएको छ। १० एमएम डायनामिक ड्राइभरको साथमा आउने इयरबडले समृद्ध र सन्तुलित अडियो अनुभव दिन्छ।

Laxmi sunrise bank
kumari

एआई नोइज रिडक्सन प्रविधिले कलको आवाजलाई स्पष्ट बनाउँछ भने ३६–घण्टाको प्लेब्याक टाइमले दिनभरको प्रयोग सुनिश्चित गर्दछ। १० मिनेटको क्विक चार्जले ३ घन्टासम्मको म्युजिक प्लेब्याक दिने कम्पनीको दाबी छ।

कम्पनीले नेपालभरका सबै आधिकारिक एमआई स्टोर तथा शाओमी रिटेल स्टोरमा रेड्मी बड्स ६ सिरिज उपलब्ध हुनेछ। रेड्मी बड्स ६ लाइटको मूल्य ३,४९९ रहेको छ भने रेड्मी बड्स ६ प्ले १,९९९ मा पर्छ।

 

प्रकाशित: Mar 10, 2025| 11:41 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्