मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई लाइफको साधारणसभा, २१ प्रतिशत लाभांश प्रस्ताव पारित

आइएमई लाइफको साधारणसभा, २१ प्रतिशत लाभांश प्रस्ताव पारित

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आठौं वार्षिक साधारणसभाले सेयरधनीका लागि २१ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ।

National life

फागुन २५ मा सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पुँजीको २१ दशमलव ०५२६४ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थसहित वितरण प्रस्ताव पारित गरेको हो।

साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारणको विषय पनि टुंगाएको छ।

यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएका खर्च अनुमोदन प्रस्ताव पारित गरेको छ।

लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १५ गते दिन बुक क्लोज गरेको थियो।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Mar 10, 2025| 11:40 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्