मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेटाले आइआइएमएस २०२५ मा ३२८ बुकिङ प्राप्त गर्दै अन्तर्राष्ट्रिय उपस्थिति गर्‍यो सुदृढ

नेटाले आइआइएमएस २०२५ मा ३२८ बुकिङ प्राप्त गर्दै अन्तर्राष्ट्रिय उपस्थिति गर्‍यो सुदृढ

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

जकार्ता, इण्डोनेसिया- पीटी नेटा इन्डोनेसियाले २०२५ मा इन्डोनेसिया इन्टरनेसनल मोटर शो (IIMS) मा सफलतापूर्वक पहिलो सहभागिता जनाएको छ ।

National life

फेब्रुअरी १३-२३ सम्म JIExpo Kemayoran, जकार्तामा आयोजित शोमा NETA V र NETA X को ३२८ बुकिङ प्राप्त भएको छ।

पीटी नेटा इन्डोनेसियाका प्रबन्ध निर्देशक, क्रिस लान भन्छन्, “यो उपलब्धिले इण्डोनेसियाली ग्राहकहरूको विश्वास दर्शाउँछ र उच्च गुणस्तरीय, किफायती विद्युतीय सवारीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँछ।”

IIMS २०२५ मा NETA ले NETA V-II Urban Sport Concept प्रस्तुत गर्दै निःशुल्क वाल चार्जर, विशेष बीमा, र लाइफटाइम वारेन्टी जस्ता आकर्षक अफरहरू प्रदान गर्यो।

साथै, NETA ले आफ्ना उपभोक्ताहरूलाई विशेष रूपमा स्टलमा आमन्त्रित गरी अन्तरक्रिया बढायो लान भन्छन्, “इण्डोनेसिया विश्वकै ठूला EV बजारमध्ये एक बन्ने सम्भावना राख्छ। NETA ले यस रूपान्तरणलाई समर्थन गर्दै बिक्रीपछिको सेवा सञ्जाल विस्तारमा केन्द्रित रहनेछ।”

Laxmi sunrise bank
kumari

यसैबीच, नेपालमा NETA को आधिकारिक वितरक CG Motors ले 1,000 भन्दा बढी NETA V र NETA X बिक्री गरिसकेको छ, जसलाई २२ बिक्री तथा सेवा केन्द्रहरू र २५०+ चार्जिङ स्टेशनहरूको नेपालकै सबैभन्दा ठूलो EV नेटवर्क को साथ समर्थन गरिएको छ।

CG Motors र NETA ब्रान्डप्रति बढ्दो विश्वासले नेपाल EV बजारमा नयाँ उपलब्धि हासिल गरेको छ।

 

प्रकाशित: Mar 10, 2025| 11:40 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्