आइतबार, वैशाख ७, २०८२

सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर

 |  सोमबार, फागुन २६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

vianetvianet

काठमाडौं- सामसङ नेपालले नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर सार्वजनिक गरेको छ। तापक्रम बढ्दै जाँदा खाना ताजा राख्न र बेभरेजहरू चिसो राख्न कम्पनीले उक्त रेफ्रिजेरेटर ल्याएको हो।

triton college

कम्पनीका अनुसार आधुनिक कुलिङ प्रविधि, स्मार्ट ऊर्जा सञ्चय र स्टाइलिस डिजाइन यसमा छ। यसमा एआई एनेर्जी मोड, स्मार्ट कनेक्सन, कन्भर्टेबल मोड र ट्विन कुलिङ प्लस जस्ता विशेषता छन्।

नेपाली बजारमा सामसङको नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर ३९६ र ४१९ लिटर क्षमता गरी दुई भेरियन्टमा उपलब्ध छ। यसको मूल्य १ लाख १२ हजार ९९० रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ। कम्पनीले सीमित अवधिका लागि भने एक लाख १ हजार रुपैयाँमा खरिद गर्न सकिने अफर ल्याएको बताएको छ।

 

प्रकाशित: Mar 10, 2025| 11:39 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्