मंगलबार, पुस ८, २०८२

माछा मार्न जाँदा भिरबाट लडेर एकको मृत्यु

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

National life
Laxmi sunrise bank
kumari

बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्वामीकार्तिक खापर–२ फयालगाउँ बस्ने अन्दाजी ४२ वर्षीय पुसे भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिएका छन्।

उनले आइतबार बेलुकी कर्णाली नदीमा माछा मार्न जाने क्रममा नदी नजिकै रहेको हाँडेको भिरबाट लडेर मृत्यु भएको बताए।  

स्थानीयले भण्डारी भिरबाट लडेर घाइते भएको प्रहरीलाई जानकारी आएपछि घटनास्थल पुग्दा मृत्यु भइसकेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले बताएका छन्। शव निकाल्नका लागि इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी निरीक्षकको टोली घटना स्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: Mar 10, 2025| 10:53 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्