मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री ओलीले गरे राजनीतिमा स्वागत

पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री ओलीले गरे राजनीतिमा स्वागत

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा र उनका समर्थकलाई लक्षित गर्दै ‘मनलाई टुक्राटुक्रा पारेर देशलाई विभाजित नगर्न’भनेका छन्। 

National life

पोखराबाट काठमाडौं आउँदा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादीहरू सडकमा उत्रिएका बेला सुदूरपश्चिममा रहेका ओलीले भने, 'म भन्न चाहन्छु, यदि कसैले अराजकताकै बाटो हिँडेर कसैले केही हत्याइहाल्छु केही प्राप्त गरिहान्छु भन्ने सपना देखेको छ भने, त्यस्तो सपना नदेख्दा राम्रो।’ 

प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र राजनीतिक प्रतिस्पर्धामा आउन थालेको भए स्वागत गर्ने बताए । उनले भने, ‘राजनीतिमा आउने हो भने ‘यु आर वेलकम’ आउनुस् स्वागत छ ।’ उम्मेदवार बन्न मज्जाले पाइने पनि उनले बताए । ‘तर के मा साथ माग्नु हुन्छ ?, अहिले बुझिएन मात्रै भनौं,’ उनले भने । देशलाई फेरि पछाडि फर्काउने प्रयासहरू पनि देखा परेको प्रधानमन्त्री ओलीले बताए । 

आइतबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजाका गतिविधितर्फ लक्षित गर्दै यसो भनेका हुन्। प्रधानमन्त्री ओलीले आइतबार काठमाडौंमा राजावादीहरूले पूर्वराजाको स्वागतमा गरेको गतिविधितर्फ पनि तिखो टिप्पणी गरे। उनले भने, 'आज पनि पूर्वराजालाई लगेर सिंहासनमा बसाउने भन्ने, नारायणहिटीमा छिराउने भन्ने, के भन्या त्यो ?कुर्सीमा लगेर राख्दा शासक हुन्छ मान्छे ?, मानिदिनु परेन ?, अनि राष्ट्रपति रामचन्द्र पौडेलजीलाई के गर्नुहुन्छ उहाँ एउटा कुर्सीमा बसेपछि?’

प्रधानमन्त्री ओलीले यो देशमा निर्वाचित राष्ट्रपति भएको उल्लेख गर्दै भने, ‘म निर्वाचित भएको छु । प्रतिनिधिसभाको अत्यधिक बहुमतले छानेको प्रधानमन्त्री छु । मैले बनाएको दुई दलको सहमतिको मजबुत सरकार छ । यो केही थाहा पाउनुहुन्न कि उहाँहरू ?’

Laxmi sunrise bank
kumari

ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लागेको बताए। ‘संविधान, कानुन, लोकतन्त्र, प्रणालीको प्रक्रियाको कुरा गर्नु हुन्न । मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु भन्नु हुन्छ,’ उनले भने ‘देश के भएको छ ?, उहाँहरूको यस्ता अस्थिरताका क्रियाकलापले, अराजक क्रियाकलापहरूले देश अप्ठेरोमा पर्दैछ ।’

प्रधानमन्त्री ओलीले अगाडि भने ‘ उहाँलाई सुझाव दिन चाहन्छु, एउटा पूर्वराजाको हैसियतले, उहाँले त्यति वर्ष पुस्तैनी सत्ता चलाएको हैसियतले, उहाँले देशलाई सभ्य सुसंस्कृत ढंगले लोकतान्त्रिक बाटोबाट, लोकतान्त्रिक विधिबाट, संविधान र कानुन अनुसार गर्नुपर्छ भनेर सिकाउनुपर्नेमा, के चुनावमा साथ माग्या कि, भोट माग्या कि, के मागेको ?, मलाई साथ देउ म आउँछु, के मा आउने ?, अराजनीतिमा आउने कि राजनीतिमा आउने ?’

प्रकाशित: Mar 09, 2025| 19:34 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्