मंगलबार, पुस ८, २०८२

ओलीले भने- देश के भएको छ र बचाउनलाई ?

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकले गरिरहेको अराजक गतिविधिले देश अप्ठ्यारोमा परेको बताएका छन्।

National life

आइतबार सुदूरपश्चिम प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक विधिअनुसार सरकार चलाउनुपर्छ भनेर सिकाउनुको सट्टा पूर्वराजा ज्ञानेन्द्रले साथ माग्नु ठिक नभएको बताए।

उनले भने, ‘म उहाँलाई सुझाव दिन चाहन्छु, राजनीतिमा आउने भए स्वागत छ। तर, के कुरामा साथ माग्नुभएको हो बुझिएन।’

फागुन ७ गतेका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क परेको उनले बताए। ओलीले भने,‘उहाँ संविधानको कुरा गर्नुहुन्न, कानुनको पनि गर्नुहुन्न, लोकतन्त्र, प्रणाली र प्रक्रियाको पनि कुरा गर्नुहुन्न। मलाई साथ दिनुहोस् म आउँछु, देश बचाउँछु भन्नुहुन्छ। देश के भएको छ र बचाउनुहुन्छ।’

प्रधानमन्त्री ओलीले पूर्वराजालाई केही व्यक्ति नारायणहिटीभित्र छिराउने भन्दै लागेको बताउँदै कुनै व्यक्तिलाई कुर्चीमा राख्दैमा शासक नहुने बताए। उनले भने,  ‘अनि राष्ट्रपति रामचन्द्र पौडेललाई के गर्नुहुन्छ उहाँहरुले? उहाँले चुनेको राष्ट्रपति हो। प्रतिनिधिसभाले छानेको म प्रधानमन्त्री छु। यो केही थाहा पाउनुहुन्न कि उहाँहरु?’

Laxmi sunrise bank
kumari

एमाले अध्यक्षसमेत रहेका ओलीले वर्तमान सरकार चुनावसम्म चल्ने दाबी गरे । ‘अबको १६ महिनासम्म सरकार म चलाउँछु। त्यसपछि म नेपाली कांग्रेसलाई सुम्पिन्छु। १६ महिनापछि शेरबहादुर देउवाजी प्रधानमन्त्री हुनुहुन्छ। १८ महिना उहाँले चलाउनुहुन्छ।’

सुदूरपश्चिम प्रदेशलाई विकसित प्रदेश बनाउन आवश्यक रहेको बताउँदै उनले त्यसका लागि उद्यमशीलताको विकास गर्न आवश्यक रहेको बताए। त्यसले प्रदेशमै रोजगारीका सम्भावना बढाउने उनको दाबी थियो।
 

प्रकाशित: Mar 09, 2025| 19:03 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्