सोमबार, असार १, २०८३

पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीले सोधे- के माग्नुभएको ?

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले के माग्न खोजेका हुन् भनी प्रश्न गरेका छन्। 

National life

सुदूरपश्चिम प्रदेश सभालाई आइतबार विशेष सम्बोधन गर्दै उनले पूर्वराजा शाहको सक्रियताप्रति आपत्ति जनाउँदै मनैदेखि जनतालाई टुक्र्याउने कोसिस भएको बताए। 

उनले फागुन ६ गते पूर्वराजा शाहले गरेको सम्बोधन सुनेर आफू छक्क परेको बताए। 'फागुन ६ गते नै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो। संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ त। कानुनको पनि कुरा गर्नुहुन्न, लोकतन्त्र, प्रणाली प्रक्रियाको कुरा गर्नुहुन्न,' उनले भने। ओलीले पूर्वराजाको क्रियाकलापले देश अफ्ठ्यारोमा पर्न लागेको बताए। 

उनले भने, 'मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु। देश के भएको छ र ? उहाँहरूको अस्थिरताका क्रियाकलापहरूले उहाँद्वारा प्रेरित क्रियाकलापले देश अफ्ठ्यारोमा पर्दै छ।'

ओलीले चुनावमा साथ मागेको कि के मागेको भनी शाहलाई प्रश्न गरे। 'म उहाँलाई सुझाव दिन चाहन्छु– पूर्वराजाको हैसियतले, पुस्तौनी सत्ता चलाएको हैसियतले देशलाई सभ्य, सुसंस्कृत ढंगले लोकतान्त्रिक बाटोमा, लोकतान्त्रिक विधिबाट संविधान र कानुनअनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनुपर्ने ठाउँमा के चुनावमा साथ मागेको कि भोट मागेको कि के मागेको ?,

Shivam cement

उनले पूर्वराजा राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको बताए। तर शाहले के मागेको आफूले नबुझेको उनको भनाइ छ। ओलीले भने, 'मलाई साथ देऊ, आउँछु ! कहाँ आउने उहाँ, पोलिटिक्समा आउनुस् न हामी स्वागत गर्छौं। अराजनीतिमा आउने कि राजनीतिमा ? केमा साथ माग्नुभएको ? बुझिएन। अहिले बुझिएन मात्रै भनौं।'
 

प्रकाशित: Mar 09, 2025| 18:33 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्