आइतबार, मंसिर २८, २०८२

पूर्वराजा शाहको सक्रियताबारे संसद्‍मा उठ्यो प्रश्न

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिले राष्ट्रिय सभामा प्रवेश पाएको छ। आइतबारको बैठकमा सांसदहरुले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनाएका छन्।

National life

प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्ती राईले ‘प्रतिगामी तत्व’ कुर्लिन थालेको बताइन्। उनले भनिन्, 'फेरि पनि प्रतिगामी तत्व ब्युँझिँदैछन्। संविधानको उल्लंघन गर्न खोज्दैछन्। लडेर प्राप्त गरेका अधिकार खोस्न चाहँदैछन्। संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन्।'

उनले प्राप्त उपलब्धि गुमाउन सक्ने खतराप्रति सजग हुनुपर्ने बताइन्। 'प्राप्त गरेका उपलब्धि नगुमाउन सजग बनौं। संविधान कार्यान्वयनमा अघि बढौं,' उनले भनिन्।

नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले राजाको वंश विनाश गरेकाहरुले नै नाटक मञ्चन गरिरहेको आरोप लगाए। उनले भने, 'अहिले तथाकथित प्रतिगामी शक्तिहरु राजा फर्काउने, जसले राजाको वंश विनाश गरेका हुन्। तिनैले राजा फर्काउने नाटक मञ्चन गरिराखेका छन्।' उनले संविधान, व्यवस्थाविरुद्धको हर्कतलाई सरकारले किन नियन्त्रण गर्न नसकेको भनेर प्रश्न गरे।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए। सत्तामा बसेका दलले जनताको माग सम्बोधन गर्न नसक्दा राजावादीले टाउको उठाएको उनको भनाइ छ। उनले भने, 'सत्तामा बसेका पार्टीहरुले देश र जनताको आवाजालाई सुन्न सकेनौं। अभाव, गरिवी, महँगी, वेथितिलाई सम्बोधन गर्न सकेनौं। त्यसकारण यस्ता तत्वहरु बेलाबेलामा टाउको उठाउने काम गरिरहेका छन्।'

Laxmi sunrise bank
kumari

पूर्वराजा शाह आज पोखराबाट काठमाडौं फर्कंदैछन्। आज काठमाडौंका विभिन्न ठाउँबाट उनको स्वागतमा प्रदर्शन भइरहेको छ।

प्रकाशित: Mar 09, 2025| 14:51 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्