सुनसरीमा नेकपा एमालेका एक वयोवृद्ध कार्यकर्ताले आफ्नो सदस्यता नवीकरण गराएका छन्।
सुनसरीको बलाहाका अगुवा कार्यकर्ता ९२ वर्षीय भवानी पोखरेलले आफ्नो सदस्यता नवीकरण गराएका हुन्।
उनीसँगै ८० वर्षिय जीवनाथ पोखरेल, ७८ वर्षिय अच्युत खतिवडा, ७५ वर्षिय बुद्धकुमार नेपाल, ७३ वर्षिय गणेश निरौला, ७० वर्षिय मननारायण श्रेष्ठ, ७० वर्षिय श्यामप्रसाद भट्टराई, ७० वर्षिय थानेश्वरी अधिकारीलगायतले पनि सदस्यता नवीकरण गराएका छन्।
नेकपा एमालेले अहिले ३ महिने जरा अभियान चलाइरहेको छ। सोही अभियानमा सदस्यता वितरण तथा नवीकरण, कमिटीहरु पुनर्गठन, भेला, बैठक, प्रशिक्षणलगायत कार्यक्रम भइरहेका छन्।