बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एफवान सफ्ट २२ औं वर्षमा, नेपाललाई डिजिटल हब बनाउने लक्ष्य

एफवान सफ्ट २२ औं वर्षमा, नेपाललाई डिजिटल हब बनाउने लक्ष्य

 |  आइतबार, फागुन २५, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०८१

काठमाडौं- नेपालमा वित्तीय प्रविधिको नयाँ युगको सुरुवात गरेको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट ले आफ्नो २१औं वार्षिक उत्सव ललितपुरको पुल्चोकस्थित द प्लाजामा सम्पन्न गरेको छ। सन् २००४ मा स्थापना भएको यस कम्पनीले दुई दशकदेखि नेपालको वित्तीय प्रणालीलाई डिजिटल प्रविधिबाट नयाँ दिशा दिएको छ।

National life

एफवान सफ्ट ले भुक्तानीका लागि लाइनमा बस्ने बाध्यतालाई हटाएर आम जनतालाई सहजता प्रदान गर्ने उद्देश्यले अनलाइन भुक्तानी सेवा प्रारम्भ गरेको थियो। कम्पनीको नवीनतम सेवाले डिजिटल वित्तीय पहुँचलाई सहज बनाउँदै नेपाली जनतालाई वित्तीय कारोबारमा सरलता ल्याएको छ। यसले नेपालमा डिजिटल वित्तीय संसाधनको विकास गर्दै वित्तीय समावेशीकरणलाई तीव्रता दिएको छ।

एफवान सफ्ट को सहायक कम्पनीहरूले क्यूआर भुक्तानी, डिजिटल वालेट, डिजिटल कर्जा, रेमिटेन्स लगायतका सेवाहरू प्रदान गर्दै व्यवसाय र उपभोक्तालाई वित्तीय पहुँच उपलब्ध गराएको छ। कम्पनीले १,५०० भन्दा बढी युवालाई रोजगारी प्रदान गर्दै आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

कम्पनीका अध्यक्ष विश्वास ढकाल ले २१ वर्षको यात्रामा प्रमुख बैंक तथा वित्तीय संस्थासँग साझेदारी गर्दै लाखौं नेपालीलाई डिजिटल वित्तीय सेवा उपलब्ध गराएको बताए। उनले आगामी दिनमा वित्तीय क्षेत्रलाई थप डिजिटलाइज गर्दै नयाँ प्रविधिमा आधारित रणनीति अवलम्बन गर्ने योजना रहेको स्पष्ट पारे।

कार्यक्रमकै अवसरमा अध्यक्ष विश्वास ढकालले कम्पनीको नेतृत्व परिवर्तनको घोषणा गर्दै नयाँ प्रेसिडेन्टका रूपमा सिद्धान्त ठकुरी लाई नियुक्त गरेका छन्। ठकुरी कम्पनीका ग्रुप प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए। नयाँ प्रेसिडेन्ट ठकुरीले एफवान सफ्ट लाई डिजिटल फिनटेक क्षेत्रको नवप्रवर्तनमा अझ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गर्दै, ग्राहक, साझेदार, र सरोकारवालाहरूको विस्तारलाई प्राथमिकता दिने बताए।

Laxmi sunrise bank
kumari

पूर्व अध्यक्ष तथा प्रेसिडेन्ट ढकालले नयाँ नेतृत्वले कम्पनीलाई अझ ठूलो उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै नव प्रेसिडेन्ट ठकुरीलाई सफल कार्यकालको शुभकामना दिएका छन्। २२औं वर्षमा प्रवेशसँगै एफवान सफ्ट ले नेपाली जनताको वित्तीय पहुँचलाई अझ सरल बनाउने, डिजिटल भुक्तानी प्रविधिमा नयाँ मानक स्थापित गर्ने र नेपाललाई डिजिटल फिनटेक हबका रूपमा अगाडि बढाउने लक्ष्य राखेको जनाएको छ।

 

प्रकाशित: Mar 09, 2025| 11:22 आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्